aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा हालसम्म कै सर्वाधिक संक्रमित, ब्राजिललाई पछि पार्ने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
भारतमा हालसम्म कै सर्वाधिक संक्रमित, ब्राजिललाई पछि पार्ने संकेत

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै अत्यधिक संक्रमित भएको राष्ट्रको सुचिमा भारत दोस्रो बन्ने संकेत देखिएको छ। 

भारतीय संचारमाध्यममा उल्लेख भए अनुसार भारतमा शनिबार एकै दिन ७८ हजार ४७९ जना संक्रमित थपिएका हुन् । त्यहाँ अघिल्लो दिन अर्थात् शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । हाल ७ लाख ६२ हजार ९४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।अहिलेसम्म ज्यान जानेको संखया ६३ हजार ६५७ पुगेको छ । 

अहिले विश्वमा सबैभन्दा बढी अमेरिका, दोस्रोमा ब्राजिल र भारत तेस्रोमा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस