aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जर्मनीमा कोराना नियन्त्रणका लागि गरिएको प्रतिबन्धविरुद्ध हिंस्रक प्रदर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
जर्मनीमा कोराना नियन्त्रणका लागि गरिएको प्रतिबन्धविरुद्ध हिंस्रक प्रदर्शन

एजेन्सी । जर्मनीमा कोराना भाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धविरुद्धमा प्रदर्शन भएको छ । जर्मनीको बर्लिनमा भेला भएका करिव ३८ हजार सर्वसाधारणले दुई समूहमा विभाजन भएर प्रदर्शन गरेका थिए ।

सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् ।भेलामा सहभागीहरुलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा वेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ । 

प्रदर्शनकै क्रममा २ सय जनालाई पक्राउ गरिएको छ । जर्मनीमा कोराना भाइरसका कारण हालसम्म ९ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४२ हजार संक्रमित छन् ।

जर्मनीमा अहिले अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको छ।  सो नगर्नेलाई ५० पाउण्ड जरिवाना गर्ने समेत त्यहाँकी चान्सलरले घोषणा गरेकी छिन्। संक्रमण नियन्त्रणका लागि जर्मन सरकारले मापदण्ड तोकेर केही व्यवसायमाथि प्रतिबन्ध लगाउनुका साथै सभा र भेलाहरु आयोजना गर्न निषेध गरेपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस