
विराटनगर । कोरोना भाइरसका कारण आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया आमा र ६० वर्षीय छोरा रहेका छन् ।
श्वास प्रश्वासमा समस्या भएपछि दुबैजना गएराती सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनीहरुको आज विहान सोहि प्रतिष्ठानमा मृत्यु भएको हो ।
योसँगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस