aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसँगै नेपालभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । 

प्रतिक्रिया दिनुहोस