aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नारायणी अस्पताललाई सिस्टर रोबोटले संक्रमितलाई औषधि र खाना पुर्याउछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
नारायणी अस्पताललाई सिस्टर रोबोटले संक्रमितलाई औषधि र खाना पुर्याउछ

काठमाडौं । नारायणी अस्पतालमा उपचाररत रहेकका संक्रमितहरुलाई खाना, औषधिलगायत सेवा दिनका लागि सिस्टर रोबोटले सेवा दिन भएको छ । कोरोनाभाइरस संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचाररत रहेकका संक्रमितहरुलाई खाना, औषधीलगायतका अत्यावश्यक सामाग्री शैय्यामा पुर्याउन सहज होस बनाउन नारायणी अस्पताललाई रोबोट हस्तान्तरण गरेको हो ।

राष्ट्रिय आविष्कार कन्द्रका समन्वयमा निर्माण गरिएको सिस्टर रोबोट आइतबार नारायणी अस्पतालका मे.सु. डा. संजय ठाकुरलाई हस्तान्तरण गरिएको हो । 

कोभिड अस्पतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबोटले काम गर्ने भएकी छन् । संक्रमितहरुलाई खाना, पानी, औषधीलगायतका सामाग्री पुर्याउन अब स्वास्थ्यकर्मी स्वयम् शैया सम्म जानुपर्ने छैन ।

संक्रमितलाई दिनुपर्ने सामाग्री रोबोटमा राखेर स्वास्थ्यकर्मी बिना नै संक्रमित समक्ष पुर्याउ न सकिने छ । रोबोट सञ्चालन सम्बन्धी प्रशिक्षण प्राप्त गरेक ा कुनै एक स्वास्थ्यकर्मीले एउटा कुनामा उभिएर वार्डमा रहेका बिरामीहरुको शैय्यासम्म चाहिएका सामाग्री पुर्याउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस