aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण ४ वर्षया बालिका सहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षिया बालिका, गोरखामा ६५ वर्षिया महिला, रुपन्देहीका ६८ वर्षिया महिला, झापाका ८६ वर्षिया पुरुष, रौतहटका ४० वर्षिया पुरुष, चितवनका ७८ वर्षिया पुरुष, भक्तपुरका ७७ वर्षिया पुरुष रहेका छन् ।  

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस