
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब ४ हजार रुपैयामा कोरोना भाइरसको पीसीआर टेष्ट गर्न पाइने जनाएको छ । कोरोना भाइरसको नियमित्र पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब ४ हजारमै कोरोना परिक्षण गरिने बताएका हुन् ।
प्रवक्ता गौतमका अनुसार कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको छ। । तर, प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउनेछन्।
यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस