
काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले आज देशभर ३०३ महिला र ५९६ पुरुष गरी थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
कुन जिल्लामा कति थपिए ?
काठमाडौँमा १९०, ललितपुरका ६७, भक्तपुरका ४१, ओखलढुङगााका १, खोटाङका १, झापाका ५, मोरङका १९, संखुवासभाका ९, सुनसरीका २५, धनुषाका ३१, पर्साका ३४, बाराका २३, महोत्तरीका ६, रौतहटका १, सप्तरीका २२, सर्लाहीका १०३, सिराहाका ५, काभ्रेका १३, चितवनका ७१, दोलखाका २, धादिङका १, मकवानपुरका ४२, रामेछापका २, सिन्धुपाल्चोकका १, सिन्धुलीका ७, कास्कीका ३, गोर्खाका १३, तनहुँका २६, नवलपरासीका ७, लमजुङका २, बागलुङका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १, पाल्पाका १, वर्दियाका २, बाँकेका १४, रुपन्देहीका ११, जुम्लाका १, सुर्खेतका ३८, अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटीका १, बझाङका १ तथा बैतडीका २ जना रहेका छन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३९ हजार नाघेको छ । जसमा २१ हजार चार सय १० जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस