aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना खोपको अहिलेसम्मकै ठूलो मानव परिक्षण, जहा १२० देशका मानिस सहभागी थिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
कोरोना खोपको अहिलेसम्मकै ठूलो मानव परिक्षण, जहा १२० देशका मानिस सहभागी थिए

एजेन्सी । संयुक्त अरब एमिरेट्स (युएई) मा कोरोना भाइरस खोपको सबैभन्दा ठूलो मानव परीक्षण गरिएको छ । ३१,००० जना व्यक्तिहरूलाई खोप लगाइएको छ । Khaleejtimes.com को रिपोर्टका अनुसार ६ हप्तामा यति धेरै व्यक्तिलाई खोप लगाइएको यो पहिलो हो  ।

  अब स्वयंसेवकहरूको लागि खोप लगाउने काम बन्द गरिएको छ । त्यहि समयमा अक्सफोर्डको कोरोना खोपको परीक्षण ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रिकामा करीव २० हजार र अमेरिकामा ३० हजार मानिसहरूमा भइरहेको छ ।

३१ हजार खोप लगाउनेहरु मध्ये १२० देशका नागरिकहरु थिए ।  स्थानीय अधिकारीहरूले छोटो समयमा खोपको लक्ष्य पूरा गरेकोमा स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको प्रशंसा गरेका थिए ।

संयुक्त अरब इमिरेट्समा प्रयोग गरिएको भ्याक्सिन चीनले तयार गरेको हो । चिनियाँ कम्पनी सिनोफर्मले संयुक्त अरब इमिरेट्सको सरकार र जी४२ हेल्थकेयरको सहकार्यमा परीक्षण अभियान चलाइएको थियो ।  सिनोफर्मका अनुसार खोपको पहिलो र दोस्रो राउन्ड परीक्षणका राम्रो परिणाम आएको छ ।

प्रतिवेदनका अनुसार हजारौं मानिसहरूलाई खोपको दोस्रो डोज दिइयो । त्यहि समयमा स्वयंसेवकहरूको निरन्तर अनुगमन पनि गरिएको थियो । युएईकोे स्वास्थ्य मन्त्रालयका अनुसार पर्याप्त संख्यामा यो खोप अभियानमा मानिसहरू सहभागी थिए । 

युएईका स्वास्थ्य मन्त्री अब्दुल रहमान बिन मोहम्मद अल ओवैसले भने, ‘सरकारले कोरोना महामारीको सुरुदेखि नै विश्वव्यापी सहभागिताका साथ काम गरिरहेको छ ।'
 

प्रतिक्रिया दिनुहोस