aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सरकारले दुई हजार शय्याको क्वारेन्टिन बनाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
सरकारले दुई हजार शय्याको क्वारेन्टिन बनाइँदै

काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शय्याको बेग्लै स्थान (क्वारेन्टिन) शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ । 

कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका  विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ । 

प्रतिक्रिया दिनुहोस