
एजेन्सी । सयौं खोपहरू विश्वलाई कोरोना भाइरस महामारीबाट बचाउने परिक्षणको चरणमा रहेका छन् । उच्च काटीको वा गुणस्तरिय कोरोना भाइरसको खोप कुन रुपमा विकास गरिदैछ भन्ने विषय सार्वजनिक भइसकेका छैनन । नयाँ खोप भएकाले यसको प्रयोगका बारेमा पनि परिक्षण नै भइरहेका छन् ।
पछिल्लो अनुसन्धानमा यो खोप कसरी शरीरमा जान्छ र यसले यो महामारीका रुपमा फैलिएको भयानक रोगको अन्त्य हन्छ भन्ने प्रमाणित तथ्य भने बाहिर आएको छैन । यद्यपि, केही वैज्ञानिकहरू यो खोपलाई नाकमा स्प्रे (नाक मार्फत) शरीरमा पुर्याउने विधि उत्तम विकल्प भएको ठानिरहेका छन् ।
फ्रान्सिसको बर्मिंघमको अल्बामा विश्वविद्यालयका इम्युनोलोजिस्ट तथा भ्याक्सिन विकासकर्ताका अनुसार क्लिनिकल परिक्षण प्राय जसो खोप मांसपेशिमा इन्जेक्सनको माध्यमबाट शरीरमा दिइन्छ । खोप हालतको माथिल्लो भाग तिर लगाइने गरिन्छ । मांसपेशीमा इन्जेक्शन प्रतिरक्षाको राम्रो प्रतिक्रिया दिन्छ भन्ने क्लिनिकल प्रमाणहरु रहेका छन् ।
फ्रान्सेली एक खोप निर्माण कम्पनी ‘अल्टइम्यून’मा का गर्ने उनका अनुसार ’प्रणालीगत प्रतिक्रिया’ मांसपेशिको इन्जेक्शनमा पाइन्छ । तर ’लोकल रेस्पोन्स भने पाउँदैन । शरीरका विभिन्न भागहरूमा रगत प्रवाहको माध्यमबाट पुग्ने आनुवंशिक एन्टिबडीहरूलाई प्रणालीगत प्रतिक्रियाहरू भनिन्छ ।
तर, कोरोना भाइरस जस्तो एक श्वसप्रस्वास प्रणालीबाट फैलिने भाइरसको संक्रमण सामान्यतया नाक वा घाँटीबाट शुरु हुन्छ । यस प्रकारको संक्रमण इन्फेक्सन इम्यूनिटीसम्म पुग्नु अघि लामो समयको लागि नाक र घाँटीमा नै रहन्छ ।
मांसपेशीको माध्यमबाट दिइने खोपले बिरामीलाई ठूलो खतराबाट बचाउन त सक्छ । तर घाँटी र नाकमा रहने संक्रमणसम्म औषधी नपुग्दा संक्रमणको जोखिम अझै बाँकी रहने खतरा रहिनै रहन्छ । नाकबाट सिधा लगाइने खोपले विभिन्न प्रकारको रोग प्रतिरोध क्षमता बढाउँछ । जुन नाक र घाँटीबीच पाइने एक् लाइनमा उक्त सेल हुन्छ ।
फ्रान्सेली खोप विकासकर्ताले ‘इन्ट्रानेसल रुट’ मार्फत दिइएको खोपले प्रणालीगत प्रतिरोधात्मक क्षमतामा पनि प्रभाव देखाउँदछ । व्यवस्थित प्रतिरोधात्मक क्षमताले शरीरलाई गम्भीर रोगहरूबाट बचाउन काम गर्दछ । जबकि स्थानीय प्रतिरक्षाले नाक र घाँटीको संक्रमणलाई हटाउँदछ । जसले हाच्छीउ गर्दा वा खोक्दा निस्काने थोपाको माध्यमबाट अन्य व्यक्तिमा संक्रमण फैलिदैन ।
प्रतिक्रिया दिनुहोस