aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

स्वास्थ्य मन्त्रालयले माग्यो कोरोना संक्रमितको उपचार गर्न स्वयंसेवक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
स्वास्थ्य मन्त्रालयले माग्यो कोरोना संक्रमितको उपचार गर्न स्वयंसेवक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितको उपचारका लागि स्वयंसेवकको आवेदन आव्हान गरेको छ । कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा सरकारले यसको नियन्त्रणको लागि स्वयंसेवक रूपमा सेवा दिन आह्वान गरेको हो । 

मन्त्रालयले स्वयंसेवकको रूपमा कोरोना संक्रमितको उपचार गर्न चाहने स्वास्थ्यकर्मीहरूका  लागि आवेदन माग गरेको हो। मन्त्रालयले अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूको आइसोलेसन तथा क्वारेनटिनमा रहेका बिरामीहरुलाई स्वयंसेवकको रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन भनेको छ ।

मन्त्रालयले चिकित्सक, नर्स प्यारामेडिक्स, तथा अन्य स्वास्थ्यकर्मी तथा सेवा निवृत्त स्वास्थ्यकर्मीहरुले स्वयंसेवकको रूपमा काम गर्न इच्छुकले तीन दिन भित्र आवेदन दिन सक्ने बताएको छ । आवेदन अनलाइनबाट दिन सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।  


 

प्रतिक्रिया दिनुहोस