aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एक हजार ६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार ६९ जना नयाँ संक्रमित थपिएका हुन् ।  

देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । साथै पछिल्लो २४ घण्टामा १२ हजारको पिसिआर परिक्षण गरिएको छ । 

हालसम्म संक्रमित हुनको संख्या ४० हजार ५२९ रहेको प्रवक्ता गौतमले जनाकारी दिए। त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस