aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

हालसम्म संक्रमित हुनको संख्या ४० हजार ५२९ रहेको प्रवक्ता गौतमले जनाकारी दिए। त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस