aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कारोनाबाट ४ वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
कारोनाबाट ४ वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण ४ वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ वर्षिया बालिका र १० जना पुरुष रहेका छन् । महोत्तरीमा चार वर्षीया बालिका र ३७ वर्षीय पुरूष,  सिरहामा ६५, पर्सामा ५३, ८० र ६० वर्षीय, बारामा ६०, चितवनमा ५२, काठमाडाैंमा ३४ र ६०, मकवानपुरमा ५८  वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस