
भक्तपुर । कोरोना भाइरसका कारण आमाको मृत्यु भएको चार दिन पछि छोराको पनि मृत्यु भएको छ । कोरोना भाइरसका कारण ६२ वर्षीया आमाको मृत्यु भएको चार दिन पछि पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय छोराको मंगलबार राती कोरोनाबाट नै मृत्यु भएको हो ।
पाटन अस्पतालका एक चिकित्सकका अनुसार भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो । त्यसको चार दिन पछि छोराको पनि मृत्यु भएको ति चिकित्सकले पुष्टि गरे ।
उनका अनुसार छोरामा कुनै पनि रोग थिएन तर आमालाई दमको समस्या थियो । मृतक पुरुषको श्रीमतीसहित परिवारका ६ जनामा भने कोरोना संक्रमण देखिएछ । उनीहरू सबै होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस