aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

यौन जीवनमा यस्तो देखियो कोरोनाको असर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
यौन जीवनमा यस्तो देखियो कोरोनाको असर

कोरोना भाइरसले विश्वव्यापीरुपमा मानिसको व्यक्तिगत र सार्वजनिक जीवनलाई असर पार्‍यो । यो डरलाग्दो रोगले अनेकौँ लक्षणहरू देखाउने गरेको छ । यसको अत्यधिक सङ्क्रमणका कारण मानिसहरूका आन्तरिक अङ्गहरूले नै काम गर्न छोड्ने र उनीहरूको मृत्यु हुने देखिएको छ । 

महामारीको यी ९ महिनाबिच मानिसहरूको यौन जीवनमा कोरोनाले कस्तो असर पार्‍यो भनेर गरिएको अध्ययनले धेरै रोचक कुराहरू देखाएको छ । जर्मनीको इलमेनु विश्व विद्यालयका प्रोफेसर डा. निकालो डोरिमले गरेको अध्ययन अनुसार कोरोनाले मानिसको सेक्स लाइफमा समेत दीर्घकालीन असर पारेको देखियो । 

अहिले संक्रमण रोक्न भनेर गरिएका यात्रा प्रतिबन्धहरू, कर्फ्यु र मानिसहरूबिचको भेटघाटमा लगाइएको बन्देजले धेरै संघसस्थाहरु बन्द छन् । अधिकांश राजनीतिक, सांस्कृतिक, धार्मिक गतिविधिदेखि लिएर खेलकुदहरू समेत स्थगित गरिएको छ । 

मानिसहरूलाई बारम्बार हात धुन, हमेसा मास्क लगाउन, कम्तीमा दुई मिटरको दुरी कायम गरी हिँडडुल गर्न र भरसक घरमै बस्न भनिएको छ । यी सबै कुराहरूले गर्दा मानिसहरूका दैनिकी फेरिएका छन् । आर्थिकरुपमा टाट पल्टिएको छ । त्यसैगरि, उनीहरूका व्यक्तिगत जीवनमा समेत ठुलो असर देखिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त मानिसहरूको यौन जीवनमा अनौठो परिवर्तन र नयाँ रुचिहरू देखिएका छन् । 

यसबिच धेरै सञ्चार माध्यमहरूमा कोरोना भाइरस र सेक्सलाई जोडेर अनेकौँ समाचार, विचार र लेखहरू छापिए । यौनकर्मीहरूलाई कोरोनाले कसरी असर पार्‍यो ? देखि लैगिंक अल्पसङ्ख्यक समुदायले महामारीकारबिच कसरी जीवनयापन गर्‍यो भन्ने कुराहरू समाचारका विषय बने । त्यसअलावा कोरोना महामारीको समयमा सेक्स टोय (यौन खेलौना)हरुको व्यापारमा देखिएको अनौठो बढोत्तरी देखि सेक्स भिडियोहरु राखिएका पोर्न साइटहरूमा मानिसहरूको देखिएको आकर्षण समेत रोचक समाचारहरू बनेको देखियो । 

यसबिच देखिएको सबैभन्दा रोचक कुरा त यो हो की मानिसहरूले आफ्ना अल्पकालीन सेक्स पार्टनरहरू जस्तै ब्याईफ्रन्ड, गलफ्रेन्ड, ब्लाइन्ड डेटिङ जस्ता गतिविधि मार्फत सेक्स गर्ने क्रममा ठुलो गिरावट आएको भेटियो । मानिसहरूलाई सामाजिक दुरी कायम गर्न बाध्य बनाएका कारण यसरी स्वतः शारीरिक सम्बन्ध राख्ने क्रममा आएको कमीले एचआइभी एड्स र यौनजन्य सङ्क्रमणबाट हुने रोगहरूको विस्तारमा भने ठुलै कमी आएको भेटियो ।

मानिसहरूले सेक्स पार्टनर नभेट्दा प्रविधिको सहायता लिने क्रम भने अत्यधिक बढायो । त्यसो त, यौन स्वास्थ्यसँग सम्बन्धित कतिपय सस्थाहरुले यौनजन्य गतिविधिमा भएको नियन्त्रणका कारण मानिसक मानसिक स्वास्थ्यमा असर नपरोस् भन्दै पोर्न भिडियो र मोबाइल सेक्सको सहायता लिन समेत सुझाएका थिए । 

अध्ययनले देखाएको अर्को उल्लेखनीय विषय भनेको पोर्न हब लगायतका पोर्नोग्राफी साइटहरूमा अप्रत्याशित ढंगले दर्शकहरू बढेको पाइयो । पोर्न हबले गौरवका साथ आफ्ना दर्शक बढेको भन्दै प्रत्येक दिन १७ प्रतिशतले पोर्न भिडियोहरु हेर्न मानिसको सङ्ख्या वृद्धि भएको तथ्याकं नै सार्वजनिक भयो । 

सो साइटले जनाएअनुसार क्वारेनटाइनमा बस्ने मानिसहरूले अत्याधिकरुपमा भिडियो हेर्दै यौनजन्य उत्तेजना कुरा गर्ने गरेको देखियो । रोचक त के छ भने उनीहरूले यस्ता सेक्स भिडियो खोज्दा ‘कोरोना’ र ‘क्वारेनटाइन’ जस्ता शब्दहरूको प्रयोग गर्दै खोजेको पाइयो । त्यसपछि क्वारेनटाइन बसेका बेला मानिसहरूले खिचेका त्यस्ता भिडियोहरुले अत्यधिक दर्शक पाएका थिए  

यो महामारीले गर्दा मानिसहरूमा प्राकृतिकरुपमा शारीरिक सम्बन्ध राख्ने भन्दा प्रोनोग्राफिको सहयताले आफ्नो यौन तृष्णा पुरा गर्ने बानीको त विकास हुने होइन भन्ने चिन्ता थपिएको छ । यस्तो चिन्ता किन बढेको हो भने चीनमा गरिएको एक अध्ययनले महामारीको बेला त्यहाँ हस्तमैथुनको माध्यमबाट यौन आनन्द लिने क्रम धेरै नै भएको देखिएको थियो । 

यसरी स्वच्छन्दरुपमा मानिसहरूले बाँच्ने यौन जीवनका कोरोनाले ठुलै फरक पारे पनि वैवाहिक जीवन बाँची रहेका र सँगै बसेका दम्पतीहरूको भने यसले असर पारेको देखिएन । बरु, टर्की लगायत मुलुकमा गरिएको एक अध्ययनमा विवाहित महिलाहरूले आफूहरूको सेक्स जीवन अझ बढी सक्रिय बनेको, यसबिच शारीरिक सम्बन्धको बारम्बारतामा धेरै वृद्धि भएको तथा आफूहरूलाई यहिबेला गर्भवती बन्न मन लागिरहेको बताएका थिए । यसले कोरोना भाइरसका कारण एक्कासि एकैचोटी ठुलो सङ्ख्यामा बच्चाहरू जन्मने संकेत भने गरेको छ । जसलाई पश्चिमीहरूले ‘कोरोना भाइरस बेबी बुम’को अवस्था भनिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस