aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मोदीलाई स्वास्थ्य विज्ञको पत्र—खोप बनिहाल्ने झुठो आश्वासन दिएर जनतालाई भ्रममा नराख्नुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
मोदीलाई स्वास्थ्य विज्ञको पत्र—खोप बनिहाल्ने झुठो आश्वासन दिएर जनतालाई भ्रममा नराख्नुस्

कोरोना भाइरस विरुद्धको खोप भारतमा पनि जारी छ । १५ अगस्टका दिन त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना विरुद्धका तीन खोपको परीक्षण भइरहेकोले यही वर्षको अन्त्यसम्ममा खोप उपलब्ध हुने बताए । 

तर, भारतका केही प्रमुख स्वास्थ्य विज्ञहरूले भने मोदीको यस्तो घोषणकाबारेमा आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्री मोदीलाई पत्र नै लेखेर यसरी कोरोना भ्याक्सिनबारे जनतालाई भ्रममा नराख्न सुझाव दिएका छन् । 

विज्ञहरूको संयुक्त टोलीले मोदीलाई लेखेको पत्रमा भनिएको छ, ‘हामीलाई के थाहा छ भने कोरोना भाइरस विरुद्धको काम लाग्दो खोप तुरुन्तै प्राप्त हुनेवाला छैन । तथापि, हामीले खोप प्राप्त हुनेछ भन्ने आस भने गर्नुपर्छ ।’ 

इन्डियन पब्लिक हेल्थ एसोसिएसन, इन्डियन एसोसिएसन अफ प्रिभेन्टिव एन्ड सोसल मेडिसन र इन्डियन एसोसिएसन अफ इपिडिमियोलेजिस्टका विशेषज्ञहरूले सयुक्तरुपमा विज्ञप्ति समेत जारी गरेका छन् । 

सो विज्ञेप्तीमा भनिएको छ–भारतमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि भ्याक्सिनको केही भूमिका नहुने तथा तुरुन्तै कुनै राम्रो खोप समेत प्राप्त नहुने पक्का छ । त्यसैले योबला हामी झुठा आश्वासनबाट बच्न जरुरी छ । जब हामीसँग खोप प्राप्त हुन्छ त्यसपछि विश्व स्वास्थ्य संगठनको रणनीति अनुसार त्यसलाई वितरण गरिने छ । 

विज्ञहरूले स्कुल सञ्चालन गर्न र लकडाउन पुर्णरुपमा अन्त्य गर्न समेत सुझाएका छन् । उनीहरूले भनेका छन्—भाइरस नियन्त्रणका लागि लकडाउनको रणनीति अब बन्द गरिनु पर्छ । 


 

प्रतिक्रिया दिनुहोस