aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

पाँच दिनमै ५ हजार ५ सय बढी कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
पाँच दिनमै ५ हजार ५ सय बढी कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो ५ दिनमै ५ हजार ५३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबारदेखि आज (बिहिबार)सम्मको पाँच दिनमा ५ हजार बढी संक्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार १२२१ जना, सोमबार ८९९ जना, मंगलबार १०६९ जना, बुधबार ११२० जना र विहीबार, १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ रहेको छ । जसमा २४ हजार २०७ जना निको भएर घर फर्किसकेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस