aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

उदयपुरमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
उदयपुरमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा उदयपुरका ४३ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ जोगिदह स्वास्थ्यचौकीका इन्चार्ज ४३ वर्षिया पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उदयपुरमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । 

उनले भने, ‘ती स्वास्थ्यकर्मीलाई मोतिगडा क्वारेन्टाइनमा खटाइएको थियो । क्वारेन्टाइनमा डिउटीको क्रममा संक्रमण पुष्टि भएको हो ।’ उनलाई अहिले चौदण्डीगढीको आइसोलेसनमा पठाउने तयारी गरिरहेको सुवेदीले बताए ।  

प्रतिक्रिया दिनुहोस