
एजेन्सी । विश्वमा कोरोना भाइरसका केसहरू दैनिक द्रुत गतिमा बढ्दै छन् । अब खोप नबन्दा पनि केहि औषधिले गम्भिर कोरोनाका विरामीलाई निको पार्ने गरेको तथ्या सार्वजनिक भएका छन । एक रिपोर्टलाई विश्वास गर्ने हो भने स्टेरोइड नामको औषधिले कोरोनामा गम्भिर संक्रमणमा परे्का व्यक्तिहरूलाई यसले जीवन दिइरहेको छ ।
डब्ल्यूएचओका अनुसार स्टेरोइड कोरोना बिरामीहरुलाई दिन सकिने बताएको छ। जुन केहि महिनाअघिमात्रै अक्सफोर्ड विश्वविद्यालयले पुनः परीक्षणबाट प्रमाणित गरेको थियो । उक्त परीक्षणमा यो पत्ता लाग्यो कि कोरोनाका प्रत्येक ८ गम्भीर व्यक्तिमध्ये एकलाई डेक्सामेथासोन भनिने स्टेरोइडले जीवन बचाइएको थियो ।
यी परीक्षणहरू बाहेक अन्य छ वटा परीक्षणका नतीजाहरू पनि प्रकाशमा आएका छन् । जसले सुझावमा अर्को हाइड्रोकार्टिसोन भन्ने अर्को स्टेरोइडको पनि जीवन बचाउन महत्वपूर्ण भूमिका निर्भाह गर्ने भनिएको छ । हाइड्रोकार्टिसोन सस्तोका साथै सजीलो रूपमा उपलब्ध हुने औषधि हो । उक्त सात परीक्षणहरूको नतीजा अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित भएको छ । यसले यी दुई औषधिहरूले गम्भीर बिरामीहरूमा मृत्युको जोखिम २० प्रतिशत घटाएको बताएको छ ।
अध्ययनका लेखक र इंल्यान्डको ब्रिस्टल विश्वविद्यालयका महामारी विज्ञानका प्राध्यापक जोनाथन स्टर्नले भनेका छन, ’स्टेरोइड एक सस्तो र सजीलो उपलब्ध हुने औषधि हो र हाम्रो विश्लेषणमा यी औषधिहरूले कोरोनाको गम्भीर अवस्थामा रहेका विरामीको जीवन बचाउछ । यी औषधिहरू सबै उमेर र सबै वर्गका मानिसहरूमा काम गर्दछन्।'
यो औषधिको रिकभरी ट्रायल ब्राजिल, फ्रान्स लगायतका थुप्रै देशहरूमा गरिएको छ । प्रोफेसर जोनाथन स्टर्नले भने, “यी सबै परीक्षणको नतीजाले हाइड्रोकार्टिसोनका पनि डेक्सामेथासोन स्टेरोइड्स जस्तै बिरामीहरूलाई पनि प्रभावकारी देखाएको छ ।“ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक र रिकभरी परीक्षणका सहायक प्रमुख अन्वेषक मार्टिन ल्यान्ड्रे भन्छिन्, जब बिरामीलाई सास फेर्न गाह्रो हुन्छ, भ्यान्टिलेटरको पर्खाइ नगरी स्टेरोइड दिइन्छ ।
यी औषधिहरू पहिले नै व्यापक रूपमा प्रयोग भइरहेको औषधिहरु हुन । मे महिनामा ७(८ प्रतिशत बिरामीहरूलाई डेक्सामेथेसोन दिइएको थियो । जसको जुनको अन्त्यसम्ममा बढेर ५५ प्रतिशतले यसको प्रयोग वृद्धि भएको थियो। हाइड्रोकोर्टिसोनको परीक्षणको नेतृत्व इम्पीरियल कलेज लण्डनका प्राध्यापक एन्थोनी गोर्डनले गरेका थिए । यो परीक्षण ८८अस्पतालका बिरामीहरूमा गरिएको थियो ।
प्रोफेसर एन्थोनीले भने, ’गहन हेरचाहमा हामी इंफ्लेमेसन र गम्भीर संक्रमणलाई रोक्न स्टेरोइड प्रयोग गर्छौं, तर हामीलाई थाहा छ यसले रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ र यस नयाँ भाइरसको अबस्था झन बिग्रन पनि सक्छ ।'
एनएचएसका साथै डेक्समेथासोन र हाइड्रोकोर्टिसोन विश्वभरका अन्य अस्पतालहरूमा कोरोना भाइरसका गम्भीर बिरामीहरूमा बढी प्रयोग भइरहेको औषधिमा परेका छन ।
प्रतिक्रिया दिनुहोस