
एजेनसी । अमेरिकाका कोरोनाका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप तुरुन्तै नआउने बताएका छन् । फाउचीले बिहिबार कोभिड–१९ को भ्याक्सिन अक्टोबरसम्म तयार भएर आउने सम्भावना निकै कम भएपनि यो असम्भव भने नभएको बताएको बीबीसीले जनाएको छ ।
सिएनएनलाई दिएको अन्तरवार्ता लाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘धेरैभन्दा धेरै मानिसहरुले नोभेम्बर–डिसेम्बरसम्म कोरोनाको भ्याक्सिन आउने आशा राखेको भन्ने मलाई लाग्छ ।’
फाउचीलाई संसारले कहिलेसम्म भ्याक्सिन पाउला त भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अक्टोबरसम्म भ्याक्सिन आउला भनेर अनुमान त गर्न सकिन्छ तर मलाई यस्तो होला भन्ने लाग्दैन ।’
प्रतिक्रिया दिनुहोस