aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

न्युजिल्यान्डमा तीन महिनापछि कोरोनाबाट एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
न्युजिल्यान्डमा तीन महिनापछि कोरोनाबाट एकको मृत्यु

एजेन्सी । कोरोना महामारीको प्रभाव कम रहेको भनिएको न्युजिल्यान्डमा तीन महिनापछि शुक्रबार एक जना संक्रमितको मृत्यु भएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति करिब ५० वर्षीय पुरुष रहेका छन् ।

उनी अकल्यान्ड क्लस्टरका संक्रमित रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । न्युजिल्यान्डमा यसअघि मे २८ मा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट न्युजिल्यान्डमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएपछि न्युजिल्यान्डका स्वास्थ्य महानिर्देशक ह्यारोल्ड ब्लूमफिल्डले कोरोना महामारीविरुद्ध अझ सर्तक भएर लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार दिउँसोसम्म न्युजिल्यान्डमा एक हजार ७ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक हजार ६ सय ३० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस