aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्लाज्मा थेरापी गरिएकी संक्रमित महिलाको मृत्यु

  • रासस
    रासस
  • शुक्रबार, १९ भदौ २०७७
प्लाज्मा थेरापी गरिएकी संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । 

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस