
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ३८६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस