aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १३५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३५९ जना नयाँ संक्रमित थपिएका हुन् ।  

साथै पछिल्लो २४ घण्टामा १३ हजारको पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा एकहजार ३५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसंगै २५ हजार ५६१ जना निको भएर घर फर्किसकेका छन् । 

सकृय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ९४२ रहेका छन् । हाेम आइसाेलेसनमा सातहजार ४६२ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस