
काठमाडौं । कोरोना भाइरसका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । जसमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला, चितवनको ३५ वर्षिया महिला, सप्तरीको ५५ वर्षिया २ जना पुरुष, धनुषाको ६५ वर्षिया पुरुष, कास्कीको ३१ वर्षिया पुरुष, नवलपरासीको ३७ वर्षिया पुरुष, प्यूठानको ५८ वर्षिया पुरुष, रुपन्देहीको ७८ वर्षिया पुरुष, पाल्पाको ६३ वर्षिया पुरुष र सुर्खेतको ४२ वर्षिया पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस