
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४१ जना थप कोरोनाभाइरस संक्रमण पुष्टि भएको छन। २४ घण्टामा पुरुष ६९२ र महिला ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको बताएका हुन ।
यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् ।
यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट नौ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस