
काठमाडौं । काठमाडौंमा मात्र ३२७ जना कोरोनाका नयाँ संक्रमित पुष्टि भएका छन् । काठमाडौं भक्तपुर र ललितपर गरि उपत्यकामा मात्र ४०८ जना छन् । भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
शनिबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरानाको संक्रमणबाट निको हुने दर ६० रहेको बताएका छन् । त्यस्तै गत २४ घण्टामा दर्शभरीबाट १ हजार ५ सय ६६ जना कोरोना भाइरस मुक्त भएर घर गएको उनले बताए । त्यस्तै कोरोनाको गम्भिर संक्रमणमा रहेका २४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस