aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२० प्रतिशतसम्म इन्टरनेटको मूल्य बढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
२० प्रतिशतसम्म इन्टरनेटको मूल्य बढ्ने

काठमाडौं । इन्टरनेटको मूल्य बढ्ने भएको छ । आउदो साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको हो । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेको संघका कोषाध्यक्ष पुस्कर बडालले जानकारी दिए । सरकारले आर्थिक विधेयकमा नै टेलिकम्युनिकेशन सर्भिस चार्ज(टिएससी) १३ प्रतिशत लिने घोषणा गरेकाले अब आउदो साउनदेखि इन्टरनेटका ग्राहकले उक्त रकम पनि तिर्न पर्ने भएको उनले बताए ।

गत वर्ष नै सरकारले १३ प्रतिशत टिएससी बढाएकाले  मूल्य घटाउने क्रममा सरकारसँग सहमति नभएकाले अब हामीले पनि राज्यको कानुनले भनेको कार्यान्वयन मात्र गरेको उनले आर्थिक न्यूजडटकमलाई बताए ।

सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो । त्यसआधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए ।

संघले बढाएको १३ प्रतिशत शुल्क र मूल्य समायोजन नगर्दा भएको घाटा ७ प्रतिशत जोडेर २० प्रतिशतसम्म बढी मुल्य ग्राहकले तिर्न पर्ने हुन सक्नु बडालले जानकारी दिए । 

मन्त्रालयले आगामी वर्षको बजेटमार्फत १३ प्रतिशत भ्याट हटाउन पहल गर्ने वा अन्य केही सेवा तथा सहुलियत दिने आश्वासन व्यवसायीलाई दिएको थियो । तर, बजेटले त्यसलाई सम्बोधन नगरी कर माथि कर लगाएकाले हामी पनि बाध्य भएर इन्टनेरको मुल्यमा यो कर थपेर ग्राहकबाट उठाउन बाध्य भएका हौ बडालले भने । 

हाल नेपालमा इन्टरने सेवा दिइरहेका मर्कन्टाइल, वर्ल्ड लिंक, वेब सर्फर, सुविसु, फाइबर अनलाइन, लुम्बिनी नेट, क्लासिक टेक, आइटेल कम्युनिकेसन, टेक माइन्ड नेटवर्क, नेपाल डिजिटल सभिर्स, भायोनेट र एनसेल छन् । 

प्रतिक्रिया दिनुहोस