
एजेन्सी । क्रोएसिया विरुद्धको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दर्शकको स्थानमा गएर बसेका बेलामा मास्क नलगाएपछि हल्ला भएको थियो । शनिबार राति भएको युइएफए नेसन्स कपमा क्रोएसियाविरुद्धको खेलमा रोनाल्डो घाइते भएका कारण मैदान उत्रन पाएनन्। स्वयंसेवकले नजिकै पुगेर रोनाल्डोलाई मास्क लगाउन आग्रह गरेपछि बल्ल उनले मास्क लगाएका थिए।
रोनाल्डो मैदान उत्रिन नपाए पनि पोर्चुगलले सानदार जित निकाल्यो। पोर्चुगलले क्रोएसियालाई ४-१ गोलले पराजित गर्यो। औंलामा संक्रमण भएका कारण रोनाल्डो आफ्नो देशको खेल दर्शकदिर्घामा बसेर हेर्न बाध्य भए। उनीसँगै बसेका अरू खेलाडीले भने मास्क लगाएका थिए।
प्रतिक्रिया दिनुहोस