aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाका कारण थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका १५ का ७० वर्षीय पुरुष रहेका छन् । 

अस्पतालका अनुसार छातीमा समस्या भएर उनी भदौ १२ गते अस्पताल भर्ना भएका थिए । उनको भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा राखेर उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको हो ।  

प्रतिक्रिया दिनुहोस