aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज  बिहान रिपोर्ट पोजेटिभ आएको हो । 

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ । एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने  उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट  पनि पोजेटिभ आएको थियो  । 

त्यही गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज  थप ६७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको हो । े

यससहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५१४ पुगेको छ । तीमध्ये एक हजार ७६६ जना निको भएका छन् । गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि  आज कोरोना पुष्टि भएको छ । उनमा ब्रेनह्यामेरेज थियो । 

प्रतिक्रिया दिनुहोस