aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ९८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९८० जना नयाँ संक्रमित थपिएका हुन् ।  

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ ।  पछिल्लो चौबीस घण्टामा १० हजार २८२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । संस्थागत आइसाेलेसनमा नाैहजार २०१ र हाेम आइसाेलेसनमा सातहजार ८२६ रहेका छन्।

प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६३ प्रतिशत पुगेको छ । हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।  

प्रतिक्रिया दिनुहोस