
काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ध्ता डा. जागेश्वर गौतमले सरकारले अव वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बिहान बसेको बैठकले सो निर्णय भएको उनले जानकारी दिए। उनले अब वीरमा हुँदै आएको उपचार सेवा भने ट्रमा सेन्टरबाट दिइने बताएका छन् ।
कोरोना संक्रमितको सख्ंया बढ्न थालेसँगै मन्त्रालयले कोभिड अस्पतालको संख्या थप गर्दै लगेको छ।
प्रतिक्रिया दिनुहोस