
काठमाडौं । कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । जसमा मोरङको ६४ वर्षिया महिला, झापाको ४५ वर्षिया महिला, मोरङको ४५ वर्षिया पुरुष, पर्साको ७७ वर्षिया पुरुष, धनुषाको ७७ वर्षिया पुरुष, काठमाडौंको ७४, ६८ र ८५ वर्षिया पुरुष र चीतवनको ७० वर्षिया पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस