
काठमाडौं । कोरोना भाइरस संक्रमितको व्यक्तिगत विवरण सम्बन्धित अस्पतालका पनि सीमित व्यक्तिहरूले मात्रै हेर्न पाउँछन् । आफ्नो स्वास्थ्य सम्बन्ध जानकारी गोप्य राख्न पाउने हरेक बिरामीको हक त छदै छ कोरोनाको मामिलामा स्वास्थ्य मन्त्रालयले पनि सङ्क्रमितको गोपनीयता कायम गर्नुपर्ने गरी मापदण्ड बनाएको छ ।
तर, गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले मृत्युपछि कोराना संक्रमित पुष्टि भएकी एक महिलाको नाम नै सार्वजनिक गरिदिए । त्यो पनि आफ्नो व्यक्तिगत फेसबुक मार्फत । प्रजिअ भट्टराईले गोरखा नगरपालिका ७ की ७५ वर्षीय वृद्धाको नाम खुलाएका हुन् ।
उनले नेपालको कानुन मात्रै उल्लङघन गरेनन् विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि कोरोनाबाट मृत्यु भएका व्यक्तिको नाम तथा फोटो सार्वजनिक गर्नु हुँदैन । तर, सिडिओ जस्तो जिम्मेवारी लिएका व्यक्तिले नै त्यासे गरे । हुन त, अहिले सिडियोसावले उक्त पोस्ट संशोधन गरिसकेका छन्।
रमाइलो त के छ भने उनले त्यो पोस्ट समाचारका रूपमा नै प्रयोग होस भन्ने चाहेको देखियो । त्यसैले होला उनले पोस्टमा केही पत्रकारलाईसकेत ट्याग गरेका थिए ।
उनको पोस्ट यस्तो थियो
धेरैले आलोचना गरेपछि उनले आफ्नो पोस्ट सच्याएका छन् । तर, गल्ती भएकोमा क्षमा भने मागेका छैनन् ।
प्रतिक्रिया दिनुहोस