कोरोना भाइरसको पीसीआर टेस्ट गर्दा आउने रिपोर्टबारे पहिला देखि नै अनेकौँ लाखका आशंका गरिएको थियो । तर, अब भने रिपोर्टले जे देखाउँछ त्यो सही हुने सम्भावना अत्यन्तै कम हुन्छ भन्ने कुरा सिद्ध भएको छ ।
हालै एउटा यस्तो घटना भयो जसमा १४४ जनाको परीक्षणमा ९० जनाको कोरोना पोजेटिभ देखियो । तर, वास्तवमा तिनीहरू कोरोना संक्रमित थिएनन् । यसले पीसीआर टेस्टबारे उठाएको सम्सय अहिले अझ भरपर्दो बनेको छ ।
पछिल्लो अध्ययनमा के देखियो भने कोरोना लागेर निको भइसकेको अर्थात् कोरोनाको कोष मृत अवस्थामा पुगिसकेको बेला समेत पीसीआर टेस्टले कोरोना पोजेटिभ देखायो । अर्थात् संक्रमण मुक्त भइसकेकालाई पनि सक्रिय संक्रमित नै रहेको देखियो । जुन वास्तवमै गलत हो । अक्सफोर्ड युनिभर्सिटीको प्रणमा आधारित उपचारबारे अध्ययन गर्न केन्द्रले गरेको नयाँ अनुसन्धानमा यस्तो प्रमाण फेला परेको छ । जसमा बिरामीहरू पुर्णरुपमा निको भइसक्दापनि उनीहरूमा कोरोना सक्रिय अवस्थामा देखियो ।
यस्तो अनुसन्धानका लागि गरिएका २५ वटा अध्ययनमा संसारभरि प्रयोग हुँदै आएको स्वाब संकलन गर्ने र तिनीहरूको पसीआर टेस्टको रिएजेन्ट प्रयोग गरेर परीक्षण गर्ने विधि अपनाइएको थियो । यसमा भाइरसको आरएनए देखिन्छ की देखिँदैन भनेर हेर्न गरिन्छ । तर, कोरोनाको केसमा भने यदि कोरोना मृत कोशिकाहरू रहेका छन् भद्धने पनि त्यसमा पोजेटिभ नै देखियो ।
प्रोफेसर काल हेनेगनको नेतृत्वमा गरिएको यो अध्ययनपछि अहिलेसम्म हुँदै आएका र संक्रमितको संख्या भन्दै आएको विषयलाई सही मान्ने की नमान्ने भन्ने प्रश्न पेचिलो बनेको छ ।
प्रतिक्रिया दिनुहोस