
एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा पनि कोरोना संक्रमित भएकी छन् । इन्स्टाग्राममा मलाइकाले हालै यस्तो खुलासा गरेकी हुन् ।
‘आज मलाई कोरोना भाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म सञ्चै भएको जानकारी गराउँछु । मलाई लक्षण देखिएको छ । र यसका सबै मापदण्ड पछ्याउँदै छु । मेरा चिकित्सक र अधिकारीहरुले सुझाव दिए अनुरुप म घरमै क्वारेन्टाइनमा बस्नेछु । तपाईँहरु सबैलाई शान्त र सुरक्षित रुपमा बस्न आग्रह पनि गर्छु । साथै सहयोगका लागि सबैलाई धन्यवाद,’ मलाइकाले भनेकी छन् ।
सेप्टेम्बर ६ मा अर्जुन कपुरले पनि आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस