aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्लाज्मा थेरापीबाट बाचेका संक्रमितको अनुभवन, कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
प्लाज्मा थेरापीबाट बाचेका संक्रमितको अनुभवन, कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन

काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुनुभएका विराट मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छनछ । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरेका छन। अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उन भनाइ छ । 

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताएयो । उनले भने, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।” 

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए । उनले भने, “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा.काकीले बताए । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ । उनले भने, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।” कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा। कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गर्नुभयो । देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए । उनले भने, “सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ ।”

प्रतिक्रिया दिनुहोस