
एजेन्सी । विश्वभरी धेरै देशहरूले कोरोना खोप परीक्षणलाई तिव्र दिइरहेका छन् । साथै उनीहरुले आफ्नो देशले उत्पादन गरेको भ्याक्सिनले पूर्णरुपमा काम गर्नेमा विश्वस्त पनि छन् । पछिल्लो समयमा रसियाले तेस्रो चरणको मानव परिक्षण व्यापक बनाइरेहका बेलामा चीनले पनि यसको खोपको बारेमा खुला रुपमा परिक्षणहरु सफल हुँदै गरेको दाबी गर्न थालेको छ ।
चीनको सिनोभ्याक्स बायोटेक कम्पनीले यसको खोपको मध्य चरणको परीक्षणको प्रारम्भिक परिणामहरू जारी गरेको बताएको छ । कम्पनीका अनुसार यो खोप वृद्धाहरुमा गरिएको परिक्षणमा सुरक्षित साबित भएको दावी गरेको छ ।
यद्यपि सानोभ्याक्स बायोटेकको पक्षमा पनि चासो बढेको छ । यस खोपले युवाहरूको तुलनामा वृद्धको रोग प्रतिरोधात्मक क्षमता कम प्रभाव देखिएको छ । वृद्धहरूको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस्तो स्थितिमा स्वास्थ्य अधिकारीहरू भने डाराइरहेकाँछन् । यो प्रयोगात्मक खोपले उनीहरूलाई पूर्ण सुरक्षा दिन्छ वा गर्दैन ।
सिनोभ्याक्स कम्पनीका मिडिया इन्चार्ज लियू पेइचेगले रोयर्सलाई दिएको जानकारी अनुसार यो खोपको पहिलो र दोस्रो परीक्षणमा कुनै गम्भीर खरावी देखिएन । यस खोपको पहिलो र दोस्रो चरणको परीक्षणहरू संयुक्त रूपमा मे महिनामा शुरू भयो । जसमा ६० बर्ष उमेरका ४२१ सहभागीहरूले भाग लिएका थिए । यस ट्रायलको पूरा नतिजा अहिलेसम्म प्रकाशित गरिएको छैन ।
सिनोभ्याक्स बायोटेक खोप स्वयंसेवकहरूमा कोरोनाभ्याक तीन समूहमा विभाजन गरेर दिइयो । एउटा समूहलाई खोपका दुई डोज कम दिइएको थियो । दोस्रो समूहले पहिलो समूहभन्दा थोरै डोज दिइएको थियो । जबकि तेस्रो समूहलाई भने दुई समूहभन्दा बढी डोज खोप दिइएको थियो । यीमध्ये ९० प्रतिशत भन्दा बढीमा एन्टिबडीको स्तर वृद्धि भएको पाइएको बताइएको छ । यद्यपि एन्टीबडीहरूको यी स्तरहरू जवानहरूको तुलनामा वृद्धहरूमा एन्टीबडी कम पाइन्छ ।
कोरोनाभ्याक्स खोपको अन्तिम चरणको मानव परीक्षणहरू ब्राजिल र इन्डोनेशियामा जारी रहेकोछ । यदि यो सुरक्षित र प्रभावकारी साबित भयो भने यसलाई सामान्य व्यक्तिहरूको उपयोगको लागि यसको नियामक निकायको स्वीकृति प्राप्त गर्न कोशिस गरिने बताइएको छ । यद्यपि चीनमा यो खोप आपतकालिन सेवामा कार्यरत हजारौंलाई लगाइसकेको थियो ।
सिनोभ्याक्स कम्पनीका ९० प्रतिशत कामदार र उनीहरूका परिवारले आपतकालीन योजना अन्तर्गतका मानिसलाई खोप पाइसकेका छन् । यसरी खोप दिइनुको उद्देश्य भनेको मानिसहरूलाई दोस्रो संक्रमणबाट जोगाउनु हो ।
कोरोनाभ्याक परीक्षणको तेस्रो चरण चलिरहेको छ र खोपको आपतकालीन सेवामा रहेकालाई खोप लगाने योजना पनि यस परीक्षणको हिस्सा रहेको सिनोभ्याक्सले जनाएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकारी यिन वेडोंगले रोयटर्सलाई दिइको जानकारीका अनुसार यो खोप स्वैच्छिक आधारमा करिब २००० देखि ३००० कर्मचारी र उनीहरूका परिवारलाई दिइएको बताएका छन् ।
कम्पनीका सिईओका अनुसार सम्भावित खोप तीन बर्षसम्म भण्डारणमा राख्न सकिन्छ । यसले गर्दा यो खोप दुर्गम स्थानमा समेत खोप लगाउने सुविधा प्रदान गर्दछ । हाल विश्वका ८ खोपहरू तेस्रो चरणको परीक्षणमा छन् । जसमध्ये चार खोपहरू चीनका मात्रै छन ।
प्रतिक्रिया दिनुहोस