aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

टि.सि.एल. ब्राण्ड विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
टि.सि.एल. ब्राण्ड विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित

काठमाडौं । विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टि.सि.एल. ब्राण्डका घरायसी सामाग्रीको आधारमा यस पटक फेरी टि.सि.एल. टि.भी. विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ । 

नेपालमापनि टि.सि.एल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ । नेपालमा टि.सि.एल. ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगाएतकाउपकरणहरु चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. मार्फत नेपाली बजारमा विक्री हुने गरेको छ । 

टि.सि.एल. ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भईसकेको छ । टि.सि.एल.का २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो ब्यापर विस्तार गरिसकेको छ । विश्वमा टि.सि.एल. ब्राण्डको मुल्याङकन २००७मा ४०.१३६ अर्व आर.एम.वि. रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्व आर.एम.वि. पुगेको छ । टि.सि.एल. ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ । 

टि.सि.एल. टि.भी. सन् १९८१ मा सुरुवात गरेको पाईन्छ । आई.एच.एस. पछिको २०१६मा नै उत्कृष्ट टप ३ स्थानओगट्न सफलभएको टि.सि.एल. ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । क्यु २, २०२० मामार्केट सेयर को आधारमा टि.सि.एल. ग्लोबल टप २ टि.भी. ब्राण्ड बन्न सफल भएको छ । 
 

प्रतिक्रिया दिनुहोस