
काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
मृत्यु हुनेका सुनसरीका ७० वर्षिया पुरुष, पर्साका ५४, ६० वर्षीया पुरुष, काठमाडौंका ८० वर्षीया महिला, ८५ वर्षीया पुरुष र कपिलवस्तुका ६८ वर्षीया पुरुष रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९०२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । संक्रमित मध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस