
विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उल्लेख छ। कार्की प्रदेश प्रहरी कार्यालयकै क्वाटरको आइसोलेसनमा बसेका छन्।
प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस