aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना भाइरसको बच्चाहरुमा देखियो नयाँ लक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
कोरोना भाइरसको बच्चाहरुमा देखियो नयाँ लक्षण

एजेन्सी । हालसम्म कोरोना भाइरसका सबै रिपोर्टहरूमा संक्रमित बच्चाहरूको संख्या एकदम कम छ । जति पनि बालबालिकाहरुमा संक्रमण देखियो उनीहरुमा कोरोनाको कुनै लक्षण देखिएनन वा धेरै हल्का लक्षणहरू देखिए । इटाली, स्पेन, बेलायत र संयुक्त राज्य अमेरिकामा केहि बच्चाहरूमा कोरोना सम्बन्धी नयाँ सिन्ड्रोम पनि रिपोर्ट गरिएको थिए । यो घातक लक्षण मल्टि सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम –एआई–सी) नाम दिइएको छ । 

भारतमा गरिएको एक अध्ययनका अनुसार अढाई वर्षको बच्चामा खोकी, नाकबाट सिगान बग्नु र बेहोस हुने रोगको गुनासो गरेका थिए । जबकि छ वर्षको बच्चाको शरीरमा ज्वरो र साना साना दाग समेत थिए । तर, यो बच्चामा कुनै पनि खोकी वा बेहोस हुने लक्षणहरू थिएनन् ।

मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोममा, बच्चाहरूमा उच्च ज्वरोजस्ता लक्षणहरूका कारण केहि अंगहरू राम्रोसँग काम गर्दैनन् । शरीर सुन्निन्  यी लक्षणहरू कावासाकी रोगको लक्षणसँग मिल्दोजुल्दो छन । पत्रिका सेलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार, एमआईएस–सी र कावासाकी रोगमा धमनीहरूमा हुने क्षतिको लक्षण थोरै फरक छन् ।  

अध्ययनका अनुसार कावासाकी र एमआईएस–सीमा उच्च ज्वरो, कंजक्टिवाइटिस, खुट्टा र घाँटी सुन्निनु्, शरीरमा दाग जस्ता लक्षणहरू देखिन्छन् । जबकि एमआईएस–सीमा लगातार देखिन्छन् ।

बच्चाहरू र वयस्कहरूको प्रतिरक्षा प्रतिक्रियामा फरक हुन्छ ।  शरीरमा भाइरल प्रवेश पनि बिभिन्न तरीकाले हुनसक्छ छ। त्यसकारण, त्यस्ता गम्भीर रोगहरू बच्चामा चाँडै पदेखापर्न सक्छन । एम्स पेडियाट्रिक्स विभागका डा. राकेश लोधाका अनुसार ’बच्चाहरूको प्रतिरक्षा प्रतिक्रिया एकदम प्रबल छ खोपका कारण उनीहरुको प्रतिरक्षा प्रणाली पनि चाडै बलियो हुन्छ । कोरोना भाइरसले उमेरका हिसावले पनि मानिसहरू बढी शिकार बनाइरहेको छन तर राम्रो प्रतिरक्षाको कारण बच्चाहरू छिटो स्वस्थ भइरेका पनि छन् । 

बुढेसकालमा जस्तै बच्चाहरूलाई पनि मधुमेह वा मुटुसँग सम्बन्धित कुनै पुरानो रोग हुँदैन । त्यसैले उनीहरूले कोरोनाको गम्भीर जोखिम पनि कम हुन्छ । अध्ययनको नतिजाले कोविड १९ संक्रमित बच्चाहरूको लागि उपचारमा सहयोग गर्ने मानिएको छ ।  किनभने १२ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई रेमडेसेभिर औषधि दिन सकिंदैन र प्लाज्मा थेरापीले दुई दिन दिएपछि प्रभाव देखाउँदछ ।
 

प्रतिक्रिया दिनुहोस