
एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमित बिरामीहरूको संख्या द्रुत रूपमा बढिरहको छ । यस कोरोना भाइरसका बारेमा नयाँ रिपोर्टका अनुसार भिटामिन डीको कमी हुनेहरूमा कोरोना संक्रमण हुने खतरा ६० प्रतिशत छ । विज्ञहरूको दाबी अनुसार भिटामिन–डीले मानिसको प्रतिरक्षा प्रणाली मात्रै नभएर इन्फेक्सनसँग लडेने टि–सेल्स र म्याक्रोफेजलाई पनि बढाउने काम गर्छ । यसका कारण मानिसको शरीरमा संक्रमण ह्नबाट बचाउन छ ।
शिकागो विश्वविद्यालयले गरेको एउटा नयाँ अनुसन्धानमा भिटामिन–डीको अभाव भएका करीव २० प्रतिशत कोविड १९ भाइरसका पोजेटिभ पाइएका थिए । त्यहि समयमा भिटामिन–डीको कमी नभएकाहरुमा केवल १२ प्रतिशत व्यक्ति संक्रमणमा परे । तर, केही विज्ञहरू भने र कोविड –१९ भाइरसबाट संक्रमण हुनमा भिटामिन डी कमीको कुनै पनि सम्बन्ध नरहेको बताउछन ।
अनुसन्धानकर्ताले सूर्यको किरणलाई भिटामिन–डीको राम्रो स्रोतको रूपमा वर्णन गरेका छन् । सूर्यको किरण छालाबाट शरीरमा प्रवेश गर्छ र भिटामिनको कमीलाई पूरा गर्दछ । डाक्टरहरूले कोरोना भाइरस संक्रमणको सिकार भएपछि सामान्य अवस्थामा बिरामीहरूलाई भिटामिन–सी दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस