
काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौँकी ८३, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया महिला रहेका छन् भने काठमाडौँका ६७, अर्घाखाँचीका ४२ र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस