नेपालको पुँजी बजार यतिबेला उत्साहित छ । आर्थिक वर्ष २०७६र०७७ को बजेटमा अर्थमन्त्रीले वित्तीय सेवा प्रवर्दन कार्यक्रम अन्तर्गत गरेको गैर–आवासीय नेपालीहरूले दोश्रो बजार मार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाउने भनी गरेको घोषणा उत्साहको एउटा कारण हो । त्यसैगरी सेयर कारोबारको पुँजीगत लाभकरको गणना भारित औसत लागत विधिबाट गर्ने व्यवस्था मिलाई सेयर लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ७ दशमलब ५ प्रतिशतबाट घटाई ५ प्रतिशत कायम गर्ने निर्णय अर्को कारण हो ।
यसको अलावा ठूला बैंक तथा वित्तीय संस्था समेत एक आपसमा गाभ्न (विग मर्जर) प्रोत्साहन गर्ने कुरासमेत बजेटमा स्पष्ट रुपमा आएपछि अब बैंकिंग क्षेत्रको बोलावाला रहेको नेपाली शेयर बजार अब ह्वात्तै माथी जाने आनुमान आम लगानीकर्ताहरुको रहेको छ ।
यो पृष्ठभूमिमा आर्थिकन्युज डटकमले नेपालको ‘वारेन बफेट र ‘शेयर बजारको बादशाह’ जस्ता उपमा पाउँदै आएका सफल शेयर बजारका लगानीकर्ता निर्मल प्रधानसँग पछिल्लो परिस्थितिमा केन्द्रित रहेर नेपाली पुँजी बजार र बैंकिंग सम्बन्धी वार्ता गरेको छ पुँजी बजार र वीग मर्जरको विषय बजारमा चर्चा भइरहेकाले पहिलो श्रृंखलामा पुँजी बजारको पछिल्ला र वीग मर्जरको विषयलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ, प्रधानसँगको सम्बादको सम्पादित भिडियो वार्ताका अंश ः
प्रतिक्रिया दिनुहोस