aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अक्सफोर्डको खोप परिक्षण रोकिनुको कारण सस्तो रहेछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
अक्सफोर्डको खोप परिक्षण रोकिनुको कारण सस्तो रहेछ

एजेन्सी । कोरोना भाइरस खोपको दौडको नेतृत्व गरिरहेका अक्सफोर्ड खोपमा साइट इफेक्ट देखिएपछि गति अचानक रोकिएको छ । खोप परीक्षण एक जना स्वमसेवकमा साइड इफेक्ट देखिए पछि तेस्रो चरणको परिक्षण रोकिएको हो । यो खोपका बारेमा विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गर्दै खोपको गुणस्तरका बारेमा कुनै पनि सम्झौता हुन नहुने बताएको छ ।  

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले रायटरलाई भने, ‘कोविड १९ को पहिलो र अनिवार्य प्राथमिकता यसको सुरक्षा हुनुपर्दछ । ’हामी खोप चाँडै ल्याउने बारेमा कुरा गर्छौं तर यसको मतलब यो पनि होइन  कि यसको सुरक्षामा कुनै प्रकारको सम्झौता गर्छौ ।’

अमेरिकामा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिनको दोस्रो चरणको परीक्षण अमेरिकामा रोकिएको छ। स्ट्याट न्युजको रिपोर्टका अनुसार बेलायतमा खोप लिएका स्वयंसेवकको स्वास्थ्यमा गम्भीर साइट इफेक्ट देखिएपछि यी परीक्षणहरूमा प्रतिबन्ध लगाइएको छ । 

एस्ट्राजेनेकाका प्रवक्ता भन्छन्, “यो नियमित कार्य हो जुन कुनै पनि विषयमा त्यस्ता घटनाहरू आएमा हामी छानबिन गर्न गरिन्छ।“ हामी सुनिश्चित गर्छौं  परीक्षण पूर्ण इमान्दारीको साथ गर्छौ ।’’ 

 

प्रतिक्रिया दिनुहोस