aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा १२४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२४६ जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५० हजार ४६५ रहेको छ । संक्रमित मध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा १८१८ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस